थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:34:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पुर्‍याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको छ ।

अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका छन् । सोही प्रदेशको ‘प्याकेज बी’ अन्तर्गत अछाम, बझाङ् र बाजुरा रहेका छन् । त्यस्तै प्रदेश तीन अन्तर्गत ताप्लेजुङ्, सङ्खुवासभा र सोलुखुम्बु जिल्लामा रहेका छन् । यी जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउन आवेदन माग गरिएको हो –प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।

प्राधिकरणले यसअघि प्रदेश दुई अन्तर्गतका सबै जिल्ला र कर्णाली क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने प्रक्रिया अघि सारेको छ । यसपटक थप गरिएका दस जिल्लामा सेवा प्रदायकले अप्टिकल फाइबर अथवा माइक्रोवेभ मार्फत ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने सक्ने प्रावधान प्राधिकरणले राखेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved