'को बन्छ करोडपति' खेल्दा खल्तीबाट १५ लाख जित्ने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 12:55:57 AM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले 'को बन्छ करोडपति' एफ मार्फत प्रयोगकर्तालाई उत्साहजनक उपहार दिने योजना ल्याएको छ। अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’ कार्यक्रमको टिकेटिङ पार्टनर रहेको खल्तीले एपमा आफ्नो प्रयोजनको क्विज मार्फत यस्तो उपहार दिने भएको हो। 

मोबाइल एपमै नीयमित क्विज खेल्दा प्राप्त हुने खल्ति पोइन्टस्लाइ रकममा भ्यालुएसन गरिनेछ। नीयमित क्विजका सहभागिहरु मध्ये पहिलो हुनेले एक लाख, दोस्रो हुनेले पचहत्तर हजार , तेस्रो हुनेले  ५० हजार र थौथो हुनेले २५ हजार जित्नेछन । यसैगरि पााचौँ हुनेले रु. १५ हजार र छैटौँ देखि दसौँ हुनेले रु. १० हजार प्राप्त गर्नेछन् ।      

पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ । 

एक महिनाभित्रै सुरु हुन गएरहेको अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ । प्रशारण हुनु अगावै नै मोबाइल एप भने सार्वजनिक भैसकेकाले एप मार्फत तयारी थाल्न सकिने भएको छ । 

मनोरञ्जन र ज्ञान एकैसाथ पाइने गरि बनाइएको मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि  ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् । प्रायोजित क्विजको पुरस्कारमा भने केही सर्तहरु लागु हुनेछन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved