गण्डकी धौलागिरीका पेट्रोल पम्पहरुमा भुक्तान आइएमई पेबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 01:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसन र आइएमई पे बीच सम्झौता भएको छ। यससम्बन्धी सम्झौतामा आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे। 

सम्झौताअनुसार साविकको गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिनेछ। यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राही लाभान्वित हुने आईएमईका पौडेलले बताए। 

एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए। सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुनेछ। 

आइएमई पे झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको पेमेन्ट गेटवे हो।  आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी बाट संचालित आइएमई पे नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको संस्था हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved