नेपाल क्लियरिङ्ग हाउसको प्रमुख कार्यकारीमा प्रधानलाई नै निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 10:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को प्रमुख कार्यकारी अधिकृत निलेश मान सिह प्रधानको पदवाधि थप भएको छ। एनसीएचएल को १२३ औं संचालक समितिको बैठकले चैत १ २०७५ देखि लागू हुनेगरि चार बर्षका लागि कार्यकाल थप गरेको हो। 

प्रधान एनसीएचएल मा चैत्र २०६७ देखि कार्यरत छन्। प्रमुख कार्यकारीको भूमिका निर्वाह गरेका प्रधानले एनसीएचएललाई नयाँ उचाईमा पर्याएको भन्दै उनको कार्यकाल अर्को चार बर्षलाई थप गरिएको बोर्डले जनाएको छ। 

काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उदेश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।

क्लियरिङ्ग हाउसले हाल {NCHL–ECC, NCHL–IPS / connectIPS e–Payment } प्रणालीहरु संचालन गर्दै आएको छ जसको दैनिक औसत कारोबार रकम ३५ अर्ब रहेको छ। यसमा ८० सदस्य बैंकका ४५०० भन्दा बढी शाखा सञ्चालनमा आवद्ध रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved