इपिएस परिक्षाका लागि ५५ हजारको आबेदन, इसेवाबाट ३० हजारले गरे शुल्क भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 11:11:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार (चैत ८) देखि खुला गरिएको प्रथम चरणको कोरियाली भाषा परीक्षाका ५५ हजार बढीले आबेदन दिएका छन। शुक्रबार बेलुका साढे ५ बजेसम ५४ हजार ३ सय ९ जनाले आबेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ। 

यसरि आबेदन दिने मध्ये करिब ४२ हजारले अनलाइन मार्फत आबेदन दिएका छन। इपिएस शाखाका प्रवक्ता शोभकार भण्डारीकाअनुसार ५५ हजार आबेदन मध्ये करिब ३० हजारले नेपालकै पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत आबेदन दिएका छन। त्यस्तै ग्लोबल आइएमइ बैंकका काउन्टर मार्फत ११ हजार ८३ तथा आइएमइ पे र उसका एजेन्ट नेतटवर्कबाट १४ हजार जनाले भुक्तानी गरेका छन्। यसैगरी ग्लोबल आइएमइ बैंकको इन्टरनेट बैंकिङ्ग मार्फत १ सय ५४ जनाले शुल्क भुक्तानी गरी आवेदन दिएका छन।

भाषा परिक्षा दिन चाहानेहरुले सुरुमा शुल्क भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिइ पासपोर्ट लगायतका कागजात अपलोड गर्नुपर्ने प्रक्रिया अपनाइएको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । 

विगतका वर्षहरुमा आवेदन तथा शुल्क भुक्तानीका लागि निकै लामो लाइन हुने गरेपनि यसवर्ष अनलाइनबाट आवेदन तथा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। यद्दपी सुरुमै आबेदन दिए अगाडी नै जान पाइने भ्रम पालेका युवा जमातहरु अझै पनि रातभर लाइन लागेर आबेदन दिईरहेका छन। यता इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले विभिन्न मिडियासँगको कुराकानीमा परीक्षार्थीले नबुझेर लाइनमा बसेको बताए । उनका अनुसार बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो । इपिएसको वेबसाइटमा मात्रै नभई  भाषा सिकाउने संस्थामा पनि यसबारे जानकारी दिएको उनले बताए । बिहिबार राती १२ बजेपछि घरबाटै परीक्षा शुल्क जममा गर्न सकिने उनले जानकारी दिए।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ।

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ।      

      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved