इसेवा चलाउन सिफारिस गर्नेलाई ३० रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 04:43:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले इसेवा चलाउन सिफारिस गर्नेलाई ३० रुपैयाँ बोनस दिने भएको छ । इसेवाले रिफर एण्ड अर्न अफर सार्बजनिक गर्दै परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका संपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउनेलाई बोनस दिने भएको हो।

डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको हो । इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउन अफर सुरु गरेको बताएका छन् । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने व्यवस्था छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।मोबाईल एप्स्बाट मात्र इसेवा प्रयोग गर्नेहरू दश लाख भन्दा बढि पुगेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved