मोहम्मद अज्मत अलि     May 26, 2019 | 01:26:54 PM



नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सिमा बढाएको छ। मोबाइल, इन्टरनेट बैंकिङ, प्रिपेड कार्ड, लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सिमा बढाएको राष्ट्र बैंकले जारि गरेको सर्कुलरमा उल्लेख छ। 

नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ। यो सिमा यसअघि १५ हजार मात्रै राखिएको थियो। 

त्यस्तै कारोबारको विल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी-जम्मा गर्न पाइने छैन । यसको सीमा यस अघि ५० हजारसम्म मात्रैको थियो। क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंक भुक्तानी प्रणााली विभागका प्रमुख देवकुमार ढकालले बताएका छन। 

यसैगरी, इन्टरनेट बैंकिङ मार्फत हुने भुक्तानी कारोबारको सिमा प्रतिदिन अधिकतम १० लाख रुपैयाँ कायम गरिएको छ। यो सीमा यस अघि १ लाखमात्रै थियो। तर मासिक रुपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न भने पाइने छैन ।

राष्ट्र बैंकले सेयरबजारमा अनलाइन मार्फत हुने कारोबारलाई सहज हुने गरि इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था गरेको छ। दैनिक १० लाखको कारोबार गर्न पाइने भएपनि महिनामा ५० लाख रुपैयाँभन्दा बढीको रकम ट्रान्सफर गर्न पाइनेछैन। यसअघि यसको सिमा १ लाख मात्रै थियो। 

अब प्रिपेड कार्डबाट नेपाल भित्र मासिक रूपमा जतिसुकै नगद भिक्न सकिने भएको छ। यसअघि बैंकहरुले निश्चित रकम तोक्दै आएका थिए।  ग्राहकले प्रतिकारोबार न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म प्रिपेड कार्डबाट नगद झिक्न सक्छन् । तर, यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको चाहना अनुसार नगद झिक्न सक्ने अधिकतम सीमा निर्धारण गर्न बाधा पुग्ने छैन ।

त्यतिमात्र नभई अबदेखि आवश्यक पर्दा क्रेडिट कार्डबाट समेत नगद झिक्न पाइने भएको छ। राष्ट्र बैंकले यसको सीमालाई घटाएर स्वीकृत सीमा रकमको १० प्रतिशत राखेको छ । 

सर्कुलरको पूर्ण पाठ:


Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7