नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 01:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई भुक्तानी प्रणाली सञ्चालकको अनुमति दिईएको छ । नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेप्सलाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको हो । 

नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो । यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुको साथै एटिएम र पस (एइक्) सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved