ई–सेवामा मर्चेन्टको संख्या १० हजार पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 03:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट ई–सेवा अन्तर्गतको फोन–पेमा दश हजार मर्चेन्ट पुगेका छन् । फोन पे मा विभिन्न १४ मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । 

फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । 

फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदी पर्छन् । धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेका छन् । फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved