खल्तीबाटै डिम्याट र मेरो शेयरको नवीकरण शुल्क तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 03:24:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबार गर्ने व्यक्तिले खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरो शेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने खल्तीको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालहरुको समय बचत हुने बताए ।  

अहिले छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङमा खाता भएकाले यो सेवा लिन सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved