एनआइसी एशियाबाट ‘सेल पे’मा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 05:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ‘सेल पे’ डिजिटल वालेटसँग जोडिएको छ । अब एनआइसी एशियाबाट सेल पेमा पैसा लोड गर्न सकिने भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे । सेल पे बाट बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १०० बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । 

एनआइसीले हाल २९५ शाखा, ३१९ एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved