आइएमईको ‘दशैँमा डबलको डबलको डबल अफर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 06:36:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले पर्व लक्षित ‘दशैँमा डबलको डबलको डबल अफर’ योजना सार्वजनिक गरेको छ । भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि आइएमईले अफर सार्वजनिक गरेको हो । 

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने ग्राहकले आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

भाग्यशाली ग्राहकको छनौट लक्की ड्र मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राही स्वतः सहभागी हुनेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जानकारी दिएको छ । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्टमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved