‘फोन पे’मा हरेक दिन १० हजार जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 02:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल पेमेन्ट सिस्टम फोन–पे (इ–सेवा) को मर्चेन्ट संख्या ५० हजार नाघेको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । 

५० हजार मर्चेन्ट पुगेको अवसर तथा दशैँ तिहारलाई लक्षित गरी फोन पेले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर्गत हरेक दिन १० जना मर्चेन्टले १ हजार, २ जना मर्चेन्टले ५ हजार, १ जना मर्चेन्टलले १० हजार प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । 

एक जना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्वपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछन । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी गर्ने मर्चेन्टलाई मात्र सहभागी गराइनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved