एनसीएचएललाई दक्षिण एसियाकै सम्मानित पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 12:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिंङ हाउस लिमिटेड (एनसीएचएल) लाई सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ मेरिट प्रदान गरिने भएको छ। साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत उक्त अवार्ड प्रदान गर्न लागिएको हो। 

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस्(साफा)समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्याङ्कन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ। साफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्ने जनाएको छ।

यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा संचालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो ।सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकङ्नका लागि साफामा पठाएको थियो।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवर्दित कम्पनी हो । यसको एनसीएचएल इसिसी, एनसीएचएल आइपिएस र कनेक्ट आइपिएस् प्रणाली सञ्चालनमा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved