सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु, फ्रिमा १०० रुपैयाँ टपअप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 01:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे ले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम काठमाण्डौका बिभिन्न शहरमा भईरहेको सेलपेले जनाएको छ। 

सेलपेकाअनुसार नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुन गैरहेको छ।

यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्कि्रया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको छ। एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ। सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved