मुक्तिनाथको मोबाइल बैंकिङ्ग अभियान, पहिलो टप अपमा २०% रकम फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 11:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले नगर रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ। यस अभियानमा हालसम्म बैंकको मोबाइल बैंकिङ मार्फत कारोबार नगरेका ग्राहकले एनटिसी, एनसेल, स्मार्ट सेल मोबाइलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० प्रतिशत रकम फिर्ता पाउने बैंकले जनाएको छ।

बैंककाअनुसार यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ। हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन्।    

यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए। 





 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved