बिकास बैंकहरु पनि आरटीजीएस प्रणालीमा, एनसीएचले सघाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 08:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस (एनसीएच) ले विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको छ । उक्त बिषयमा हाउसले विभिन्न ५ वटा विकास बैंकसंग सम्झौता गरेको छ। 

एनसीएचले मुक्तिनाथ, ज्योति, गरिमा, कामना सेवा र लुम्बिनी विकास बैंकसँग आरटीजीएस प्रणाली सम्बन्धी भिन्दा–भिन्दै सम्झौता गरेको जनाएको छ । उक्त सम्झौता अनुसार एनसीएचले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस ईन्टग्रेसन मिड्लवार कनेक्टआरटीगीएस गराउने छ । कनेक्टआरटीगीएस प्रणाली अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा कार्यान्वयनमा आईसकेको जनाइएको छ ।

आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved