पहिलो ‘पेमेन्ट गेटवे’ इ–सेवा ११ औँ वर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 03:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २०१० को जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले सन् २००९ मा नै बेटा भर्जन रिलिज गरेको थियो ।

बेटा भर्जनमा हुदा इसेवा डेक्स्टप कम्युटरबाट मात्र चलाउन मिल्थ्यो । २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको इसेवा २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्टको रुपमा रहेको थियो । २०१२ मा इसेवा छुट्टै कम्पनीका रूपमा स्थापना भयो ।

त्यस्तै उक्त कम्पनीले २०१७ मा नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो । २०१७ मा नै मोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्जन विकास गरेको थियो । 

हाल इसेवामा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved