शाक्यले जितिन फोनपेको दुवई ट्रिप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 04:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बनेको कम्पनीले जनाएको छ ।

गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा भएका थिए । दुबई ट्रिप जित्ने व्यक्तिले  थप तीनजना व्यक्तिलाई पनि आफुसँग लैजान पाउने फोन पेले जनाएको छ । विजेता २ जनवरी देखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ उपहार योजना सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गतका विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गर्ने जनाईएको छ । 

योजना अन्तर्गत दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् भने हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउन फोन पेले जानकारी दिएको छ । 

उपहार योजना जुन महिनाको अन्त्यसम्म सञ्चलन हुनेछ । योजनामा  कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved