भोजको पैसा खल्तीबाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 04:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भोज मार्फत अन्लाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत तिर्न सकिने भएको छ । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिई डेलिभरी गर्ने कम्पनी भोजबीच भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौतामा खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् । 

भोज कम्पनी विभिन्न रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक सेवा प्रदायक हो । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त एक पेमेन्ट गेटवे हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved