सेलपे सेवामा रकम स्थानान्तरण निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 01:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम सेलपे सेवाले रकम स्थानान्तरण सेवा निशुल्क गरेको छ । भिडभाड तथा हुलमुल कम गर्नका लागि चैत्र ९ गतेदेखि बैशाख १८सम्मका लागि रकम स्थानान्तरण सेवा निशुल्क उपलब्ध गराउने जनाएको छ । 

हाल विश्वभरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा, सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाईएको जनाएको छ । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, लोयल्टी पोइन्टस पाईने सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved