बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 06:53:06 PM


tansen

सस्तोडिलबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क नि:शुल्क पाउने भएका छन् । सेलकम र सस्तोडिलबीच भुक्तानी सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले यस्तो फाइदा पाउने भएका हुन् । 

नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि कुनै पनि सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्ने जनाइएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका