सेलपे सेवामा थप नयाँ सुबिधा, बीमा रकम सहजै भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2020 | 10:14:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ ।  

जस अन्तरगत ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बीमा कम्पनीको बीमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनी इएमआई भुक्तानी गर्न सक्नेछन् । 

साथै, ग्राहकले आफुले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहांबाट प्राप्त गर्ने सक्ने सेलपेले जनाएको छ । 

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशनलाई मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको सेलपेले जनाएको छ । 

सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् । 

यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा यूनिक आईडी प्राप्त गर्नेछन् । र त्यस यूनिक आइइडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त यूनिक आइडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved