फोनपेले पायो डाटा सुरक्षा मापदण्डको प्रमाणीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 05:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ । यससँगै कम्पनीले पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको जनाएको छ । 

यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेको र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

पीसीआई डिएसएस भुक्तान कार्ड  उद्योग सुरक्षा मापदण्ड काउन्सिल (पीसीआई एसएससी) द्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण प्रक्रिया तथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई रोक्दछ ।

फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved