कोरोना बिरुद्द एनसीएचएलले गर्यो २ करोड ९१ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 06:07:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)ले महामारीको अवस्थामा  नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजार रुपैयाँ भन्दा बढी  सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कमिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको जनाएको हो ।

यस्तै एनसीएचएलले लकडाउनको समयमा डिजिटल भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहाबाट दुई करोड ३४ लाख नौ हजार २४३ रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको जनाएको छ । यस्तै कम्पनीले कनेक्टआइपीएस प्रणलीमा ‘डोनेटफर कस’मा समावेश गराई ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गरी कोरोना भाइरस नियन्त्रण कोषमा सहयोग गरेको छ । 

यसका साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ । जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा १० लाख  र सातै प्रदेशको कोषमा एक-एक लाख सहयोग प्रदान गरेको जनाइएको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालनगर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजीद्वारा प्रवद्र्धित कम्पनी हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved