नेपाल बैंकको खाताबाट खल्तीमा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 12:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटका ग्राहकले नेपाल बैंकको अनलाईन बैंकिङ्ग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्ने भएका छन् । खल्ती  र बैंकबीच भएको डिजिटल बैंकिङ्ग सम्बन्धमा भएको सम्झौतासंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् ।

सम्झौतामा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे । 

सम्झौता अनुसार ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन् । नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ । 

कार्याक्रममा बोल्दै कम्पनीका निर्देशक अमित अग्रवालले नेपाल बैंकसँग सहकार्य गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए । उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved