महालक्ष्मी लाइफको प्रिमियम सेलपेबाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 04:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्सुरेन्सको बीमा प्रिमियम डिजिटल भुक्तानी सेलपेबाट गर्न सकिने भएको छ । इन्सुरेन्स र सेलकमबीच डिजिटल भुक्तानी सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले सेलपेबाटै प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा पाएका हुन् । 

सम्झौतामा इन्सुरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इन्स्युरेन्सका ग्राहकले बीमा प्रिमियम तिर्न बैंक वा कार्यलय नै पुग्नुपर्ने बाध्यता हटेको र सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै रकाम भुक्तनी गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

यसरी रकम तिर्नका लागि ग्राहकले सेलपेमा लगईन गरि बीमा अपसनमा क्लिक गरेपछि महालक्ष्मी लाइफ छनौट गर्नुपर्ने हुन्छ । त्यस पश्चात आफ्नो पोलिसि नम्बर र जन्म मिति राखेर आफ्नो बीमा विवरणम चेक गरि देखाएको प्रिमियमको रकम पे बटनमा थिच्नुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त प्रक्रियाबाट आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिन्छ । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिँन्छ । बास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाईने आदि सेलपेका अन्य विशेषताहरु हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved