रिचार्जरमा ३५ रुपैयाँ मै केएन ९५ मास्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 09:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 मोबाइल एप रिचार्जरले ३५ रुपैयाँमा उपलब्ध गराउने भएको छ । रिचार्जरले भिडभाडलाई ध्यानमा राखेर सुपथ मूल्यमा मास्क र स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको हो । 

रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क ३५ रुपैयाँमा उपलब्ध गराउनुका साथै कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध गराउने जनाएको छ । यस्तै सार्वजनिक यातायातका साधनका लागि आवश्यक स्वास्थय सामाग्रीको कम्बो ५ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने जनाइएको छ ।  

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । 

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । यसका साथै रिचर्जरबाट बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा २० प्रतिशत क्यास प्वाइन्ट पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था छ ।  

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved