'१ रुपैयाँमै जतिपनि सामान किन्न सकिने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 11:18:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सेलपेले आफ्नो वार्षिकोत्सवको अवसरमा  विभिन्न अफर ल्याएको छ । कम्पनीले सेलपेबाट पहिले मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) क्यास ब्याक, १०० सेकेण्ड भित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल लगायतका अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले श्रावण १६ गते सेलपेबाट पहिले मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा ल्याएको एनीभर्सरी अफर अन्तर्गत ग्राहकले यस्तो छुट पाउने जानकारी दिएको छ । 

यस्तै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार अफरको लाभ लिनको लागि सर्वप्रथम सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने हुन्छ । 

सेलपे, मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो । बास्तविक मयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने लगायत सेलपेका विशेषहरु रहेको जानकारी कम्पनीले दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved