आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 05:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने जनाईएको छ । 

सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved