बिगमार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 03:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगमार्टमा सपिङ गर्दा इसेवा Esewa तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको उक्त योजना भदौ ३१ गतेसम्म लागु हुन जनाइएको छ ।

बिगमार्टका ५० वटै स्टोर्समा लागु हुने उक्त योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने जनाइएको छ । कम्पनीका अनुसार दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम ३ सय रुपैयाँसम्म पाइनेछ । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो इसेवा । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको शुरू भएको थियो । हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन् । बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved