मनकामना केबुलकारको टिकट मोबाइल बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 06:13:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना केबुलकारको टिकटका ई–सेवाबाट बुक गर्न सकिने भएको छ । केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरीद बिक्री सम्झौता भएसंगै भक्तजनले मोबाइलबाटै टिकट लिन सक्ने भएका हुन् । 

सम्झौतासंगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्यलाई ध्यानदिदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहनगर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको जनाएको छ । 

टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ । सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved