रिचार्जरबाट सामान किन्दा ३० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 06:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल एप रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छुट पाइने भएको छ । कम्पनीले ल्याएको दशैंलक्षित योजना अन्तर्गत विद्युतीय सामान किन्दा यस्तो छुट पाइने भएको हो । 

यसका साथै कम्पनीले विभिन्न किसिमका मोबाइलको खरिदमा छुटसँगै किस्ताबन्दीको व्यवस्था पनि गरेको छ । रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

अफर कार्तिक १ गतेदेखि सुरु हुनेछ । काठमाण्डौं भ्याल्ली कोल्डस्टोरसँगको सहकार्यमा कम्पनीले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने भएको छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणूमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने कम्पनीको दाबी छ । यस्तै कम्पनीले किटाणु नाश गर्ने वायोटेक मास्क बिक्री बितरण पनि गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved