२३ करोड लागतमा बुटवलमा नमुना ट्रान्सपोर्ट भिलेज बन्ने

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 30, 2019 | 11:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले कार्य अगाडी बढाएको हो ।  

व्यस्त सहर क्षेत्रमा असहज भइरहेका बेलामा उपमहानगरपालिकाले ढुवानीका सबै व्यवसायहरुलाई एकै ठाउँमा व्यवस्थित गरेर सञ्चालन गर्न लागेको हो ।  प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापनका कामहरुमा चुनौती थपिँदै गइरहेका बेलामा उपमहानगरपालिकाले सहरमा छरिएर रहेका ट्रान्सपोर्ट जति सबैलाई एकै ठाउँमा व्यवस्थित गर्न गत वर्ष माघमा निर्णय गरेको थियो ।  

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका अनुसार ढुवानीका सवारी साधन, व्यवसायीका साथै शौचालय, अस्पाल, गेष्टहाउस, सुरक्षा चौकी, ग्यारेज र नापतौल एवम् गुणस्तर चेकजाँचका औजारहरुसमेत एकै ठाउँमा राख्नेगरी निर्माण गर्न लागिएको हो। 

ढुवानीग्राम  बुटवल उपमहानगरले वडा नं.१२ नयाँगाउँ क्षेत्रको भैरहवा भन्ने स्थानमा बन्ने छ । ढुवानीग्रामका लागि बुटवलमा रहेका व्यवसायीहरु समेतले सुरुमै निरिक्षण गर्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए । 

 ढुवानी ग्राम निर्माणका लागि रुपन्देही परिवहन प्रालिसंग बिओटी मोडलमा (बिल्ट, अपरेट र ट्रान्सफर्मर मोडल) सम्झौता भएको छ । प्रमुख सुवेदीका अनुसार  ढुवानीग्राममा अन्तर्राष्ट्रिय मापदण्डका र ४९ सेडहरु निर्माण हुनेछन् । निर्माण हुने एउटा सेड एक हजार ५ सय ५० वर्गफुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौता भएको छ । 

 निमार्णपछि बुटवलका व्यस्त बजारमा हुने ढुवानी सोही क्षेत्रमा स्थान्तरण हुनेछन् । एक बर्षको अवधि भित्र नै तोकिएका सेडहरु निर्माण सक्ने र १५ वर्षपछि उक्त ढुवानीग्राम उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने सम्झौतामा उल्लेख छ । 

सो क्षेत्रमा पहुचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायत संरचनाहरु बुटवल उपमहानगरपालिकाले निर्माण गर्ने छ । बुटवलले निर्माण गरिरहेको चक्रपथले यहाँको ढुवानीग्रामलाई पनि जोड्ने गरी स्तरीय सडक निर्माण भइरहेको छ । ढुवानीग्राममा पार्किङ स्थल, व्यवसायिक भवन सहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, नुहाउने, युरिनल सहितका शौचालयहरु, अफिस, पुलिस चौकी निर्माण हुनेछन् । 

 ढुवानीग्रामको कूल अनुमानित लागत रु २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved