बुटवलमा गुणस्तर मापन प्रयोगशाला

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 05, 2020 | 08:39:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकामा निर्माण साम्रागीको गुणस्तर परिक्षण गर्न प्रयोगशाला स्थापना भएको छ ।  प्रयोगशालाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । स्थानीय सरकारको आफ्नै गुणस्तर प्रयोगशाला सञ्चालनमा आएको सम्भवत यो क्षेत्रमै पहिलो हो ।

 प्रमुख सुवेदीले भवनसंहीताको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन प्रयोगशालाको महत्त्वपूर्ण भूमिका रहने बताए  । बुटवलमा निर्माण कार्यका लागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच अब यहीँ प्रयोगशालामा गराइने छ ।

बुटवलले भवनसंहीताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम  लागू गरेको छ ।प्रयोगशालामा बुटवल र त्यस बाहिरका लागिसमेत दररेट निर्धारण गरेको छ । प्रयोगशालामा सिभएनालाइसिस सब बेस तथा बेस, फिल्ड डेनसिटी, प्रोक्टर कम्प्याक्ट प्रतिसेट, कम्प्रेसिभ स्ट्रेन्थ क्युब र डक्टाइलको परीक्षण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved