प्रदेशसभा संसदमा एमसीसी खारेज गर्न माग, नाम र राजधानी तय गर्न दबाब

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 20, 2020 | 10:06:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ का सांसदहरुले प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न ध्यानाकर्षण गराएका छन् । आईतवारदेखि सुरु भएको  प्रदेश सभाको पाँचौ अधिवेशनमा सांसदहरुले यसै अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन माग गरेका हुन् । प्रदेश सभा सांसदहरुले यसैगरी उपनिर्वाचनबाट प्रदेश सभाको सदस्यमा दाङबाट निर्बाचित बिमला ओलीलाई स्वागत समेत गरेका छन् । 

प्रदेश सभाका सदस्यहरुले प्रदेश ५ का नेपाली कांग्रेसका संसदीय दलका नेता वलदेब शर्मा पोखरेलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । एक वर्षदेखि नर्भिक अस्पतालमा क्यान्सरसँग लडिरहेका छन् । 

प्रदेश सभामा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फवाट प्रदेश सभा सदस्य तारा जिसीले अहिले तीब्र विवादको रुपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताईन । उनले एमसीसी देश र जनताको हितमा नरहेकोले यसको विरोध गर्नुपर्ने बताईन । समाजबादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशका जनता अझैपनि गरिवी र भोकमरीबाट आक्रान्त रहेकोले मुख्यमन्त्री खाद्य योजना समिति वनाउन माग गरे । उनले नीजि क्षेत्रले नै अहिले २०–२५ रुपैयाँमा गरिव जनतालाई खाना खुवाईरहेकोले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रम मार्फत गरिव जनतालाई भोजनको व्यवस्था गर्न माग गरे । प्रदेशको नाम र राजधानीको विषय अहिले सवैको चासो र चिन्ताको विषय भएकोले यसको टुंगो यही अधिवेशनले लगाउनु पर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेसका फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरुले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकोले लामो समयसम्म प्रदेश सभाको अधिवेशन नगराउनु राम्रो नहुने बताए । उनले प्रदेशको राजधानी र नाम एकमतले टुंगो लगाउन सकेमा बाहिर सन्देश राम्रो जाने र त्यसले प्रदेशकै गरिमा बढ्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसकी निर्मला क्षेत्रीले जनताको मर्म र भावना अनुसार अव प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाको ध्यानाकर्षण गराईन । नेकपाका दिपेश थारुले जनताले अनुभूति पाउने गरी प्रदेश सभाले अव प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दै अव यही अधिवेशनले नै यसको टुंगो लगाउनुपर्ने धारणा राखे ।

नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा विशेष समितिले प्रतिवेदन बुझाईसकेकोले अव प्रदेशको राजधानी र नामका विषयमा छलफल गर्नुपर्ने भन्दै यही अधिवेशनबाटै त्यसको टुंगो लगाउन प्रदेश सभाका सवै सदस्यहरुलाई आग्रह गरे । प्रदेश सभाका सदस्यहरुवीचमै छलफल गरि विशेष समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावलाई समेत मध्यनजर राख्दै छलफलबाटै राजधानी र नाम टुंगो लगाउनुपर्ने बताए । उनले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेश सभा अघि बढेको र अव पनि प्रदेश सभालाई सहमति र सम्बादकै थलोको रुपमा अघि बढाउन सत्ता र प्रतिपक्ष नभनिकन अघि बढ्नु जरुरी रहेकोमा जोड दिए।

बैठकमा सभामुखले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान सम्वन्धि पत्र पढेर सुनाएका थिए।  यस्तै  चौथो अधिबेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सम्वन्धि पत्र सभामुखले पढेर सुनाए का थिए ।

प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved