रुपन्देहीको तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 10:28:18 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान सुरु भएको छ । अभियान सफल बनाउन सरोकारवालाले जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना तिराउने नियम बनाउन तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् । 

शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गरे । आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले जथाभावी फोहोर फ्याक्नेलाई टोल विकास संस्थामार्फत् जरिवाना तिराउने व्यवस्था गर्न सुझाएका छन् । छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले यो अभियानबाट किसानहरु सबैभन्दा बढी खुशी भएको बताए ।  

तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पूर्ण रुपमा प्लाष्टिकजन्य सामान प्रयोगमा निषेध नगरेको भन्दै  पोलिथिनजन्य फोहोरलाई मात्रै व्यवस्थापन गर्न खोजिएको बताए । उनले माटो बचाउने अभियानका रुपमा यसलाई लिन र सहयोग गर्न नगरबासीलाई आग्रह समेत गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved