लुम्बिनी प्रादेशिक अस्पतालमा किन चलाईयो डोजर ?

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 06, 2020 | 05:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रादेशिक अस्पतालको सटरमा डोजर चलेको छ । अस्पतालको भवनमा ब्यापार गरिरहेका व्यसायीले सटर खाली गर्न नमानेपछि अस्पतालले डोजर लगाएर हटाउन सुरु गरेको हो । 

केही व्यवसायीले सम्झौता अनुसार नै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा दाएर गरेका थिए । व्यवसायीको मुद्धा अदालतले माघ १९ गते अन्तरकालिन खारेज गरिदिएको थियो । अदालतले यस्तो आदेश दिएपछि अस्पतालले व्यवसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेतावनी दिएको थियो । 

अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न भनेको थियो । अस्पतालको चेतावनी अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए । अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधबार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved