प्रदेश ५ का जनप्रतिनिधिलाई 'घुमाउरो' बाटोबाट तलव, प्रेस सल्लाहकारलाई उप सचिवको सुविधा

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 06, 2020 | 10:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सेवा सुविधाको नाममा रकम उपलब्ध गराउने गरि विधेयक स्वीकृत गरेको छ ।

जनप्रतिनिधीले साविकमा खाई पाई आएको तलवमानमा नघटने गरि सुबिधा दिलाउने गरि विधेएक स्वीकृत गरेको छ । प्रदेश सरकारको विहिवार वसेको मन्त्री परिषदको बैठकले विधेएक स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले पत्रकार सम्मेलन गरि जानकारी गराए । 

त्यसै गरि सरकारले प्रदेशका मुख्य मुन्त्रीका प्रेस सल्लाहकारको सेवा सुबिधा संशोधन गरेको छ । मुख्य मन्त्रीका प्रेस सल्लाहकारलाई अव उप सचिव सरहको सेवा सुबिधा दिने निर्णय गरेको छ । 

त्यसैगरि सरकारले लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक तथा सुविधा सम्बन्धीे विधेएक स्वीकृत गरेको छ । त्यसैगरि सुलभ कर्जा सहजीकरण तथा सेवा सुविधा व्याजमा अनुदान कार्यक्रम पारित गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved