रोल्पाको माडिचौरमा कृषि क्याम्पस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 04:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु भएको छ । क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरे । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा हाल कृषि विषयमा ४ वर्षे स्नातक कार्यक्रम सुरु गरिएको छ । क्याम्पसमा ५८ जना विद्यार्थीले अध्ययन गर्ने भएका छन । 

उक्त क्याम्पस हाल नगरपालिकाको भवनमा संचालन हुनेछ । क्याम्पसको दर्ता श्रेष्ता कायम हुने गरि केही  सशुल्क र केही निशुल्क जग्गा खरिद भईसकको छ । क्याम्पसका रोल्पा जिल्लाको स्थानीय कोटाको रुपमा २, प्रदेश ५ र कर्णाली प्रदेशलाई १०÷१० कोटा आरक्षण तोकिएको छ । क्याम्पसका डिन प्राध्यापक जयप्रकाश भट्टका अनुसार हालसम्म ५४ जना विद्यार्थी भर्ना भईसकेका छन । क्याम्पसमा फाल्गुन पहिलो साताबाट पठन पाठन सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved