'जनतालाई भोकै मर्न दिन्न, समस्या भएको ठाउँमा सरकार पुगिहाल्छ': मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Mar 27, 2020 | 11:51:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर पाँचका मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सरकारले दिएको आदेश सबैले पालना गर्न आवश्यक रहेको बताएका छन् । मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिँदै पोखरेलले लकडाउनमा सबै सेवा बन्द नभएको र खाद्यान्न स्वास्थ्य सेवा सुुरक्षा सम्बन्धी सेवा जारी रहेको बताए ।

 उनले सबै नागरिकले आफ्नै सुुरक्षाका लागि घरबाहिर ननिस्कन आग्रह गर्दै जनतालाई भोकै मर्न नदिँने र जहाँ समस्या पर्छ त्यहाँ सरकार आइपुुग्ने बताउँदै संक्रमित व्यक्ति गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताए  । बाहिरका मानिसहरुको आवतजावत रोक्नसके यो लडाई जित्न सक्ने भएकाले सबैको संयमता र आत्मविश्वासले लडाईलाई जित्न सकिने मुख्यमन्त्रीको भनाई छ । 

प्रदेश ५ मा चार वटा कोरोना विशेष अस्पताल बनाएको मुुख्यमन्त्रीले बताए  । उनले भने 'रुपन्देहीमा बुुटवलको धागो कारखानामा अस्थायी कोरोना अस्पतालमा उपचार शुरु भइसकेको छ भने भैरहवाको भीम अस्पताललाई कोरोना विशेष अस्पतलाको विकास गरिदै छ ।'  त्यस्तैगरी दाङको बेलझुुण्डीमा र अको बाँकेको क्यान्सर अस्पालललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने उनको भनाई छ  । कोरोना विशेष अस्पतालको हेर्नको लागि प्रदेशमा मन्त्रीहरुलाई खटाइएको छ । 

‘प्रत्येक ठाउँमा आइसियुुको रुपमा विकास गर्न दुुई दुुई करोड रुपैया उपलब्ध गराइएको छ । अस्पताल सञ्चालन गर्न कुुनै कसर बाँकी छैन । प्रदेशले कोष बनाएको छ । जसमा १० करोड र मन्त्रीको एक महिनाको तलब र सांसदहरुको १५ दिनको तलब कोषमा जम्मा गर्ने भएको छ ।अन्य प्रदेशका संघसंस्थाले सहयोग गर्न सक्नेछन् ।’ मुख्यमन्त्री पोखरेलले बताए ।

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved