हिडेरै बुटवल पुगेका १३ सय पैदलयात्रीको उद्दार, खाना खुवाएर गाडीमा घर पठाईयो

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Apr 20, 2020 | 09:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानरपालिकाले विभिन्न स्थानबाट पैदल यात्रा गर्दै बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका पैदल यात्रुलाई उद्दार गरेको छ । उनीहरुलाई बुटवल वडा नं. १ र वडा नं. १२ मा त्यहाँका वडाअध्यक्षहरुकै नेतृत्वमा खाने, बस्ने र बसमार्फत आ–आफ्ना ठाउँमा पठाएको हो ।

शनिबार मात्रै एक सय ७५ जनालाई बस र टिप्पर मार्फत बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । आइतबारसम्म एक हजार तीन सय जनासम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको उनले बताए । 

बुटवलले वडा नं. १२ तामनगरमा रहेको कोरियन टेक्निकल कलेजको खाली भवनमा क्वारेन्टाइन निर्माण गरेको छ । त्यहाँ १६ जनालाई राखिएको छ । सोही ठाउँमा क्यान्टिन सञ्चालन गरेर अर्गानिक खाना खुवाउने काम भइरहेको बुटववलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । 

बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन् भने, संगसंगै राहत वितरणका काम पनि चलिरहेका छन् । बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारिन्टनमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ । बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको छ ।

कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउनु नै अहिलेको मुख्य चुनौति रहेको बताउँदै प्रमुख शिवराज सुवेदीले बुटवलमा राहत वितरण, सचेतना र सावधानीका काम भइरहेको जानकारी दिए ।

‘फिवर क्लिनिकमार्फत अवस्था पहिचान र दर बढ्न नदिन देशैभरी परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको छ’ प्रमुख सुवेदीले बताए । निजी क्षेत्र, समाजसेवी र मनकारीहरुको सहकार्यमा पैदल यात्रीको उद्दार, खानपान र यातायातकोसमेत व्यवस्था मिलाएको प्रमुख सुवेदीले बताए । 

३७ जनाको पीसीआर टेष्ट, सबै नेगेटिभ

क्वारिन्टनमा रहेका र त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पतालमार्फत कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएका विरामीको भने पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट नमुना परीक्षण भएको छ । आइसोलेशनमा रहेका ३७ जनाको उक्त विधिबाट नमुना परीक्षण भएको र यी सबैको नतिजा नेगेटिभ आएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले बताए ।

क्वारेन्टाइनमा बसेकाको आरडीटी टेष्ट

यसैगरी बुटवलले निर्माण गरेको क्वारेन्टाइमा हाल १६ जना रहेका छन् । उनीहरुलाई बुटवल–१२, तामनगरमा राखिएको छ । उनीहरु त्यहाँ बसेको १६ दिन पुगेको छ । यतिञ्जेलसम्म उनीहरुलाई कुनै संक्रमणको लक्षण देखिएको छैन । उनीहरुलाई र्यापिट डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख सिंहले जानकारी दिए । यो परीक्षणमा पोजेटिभ देखिएमा मात्रै पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ । 

लकडाउन यता झण्डै पाँच हजारको स्वास्थ्य परीक्षण

बुटवल उपमहानरगका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुसहित लुम्बिनी प्रादेशिक अस्पतालमा गरेर हालसम्म झण्डै पाँच हजार जनाको स्वास्थ्य परीक्षण भएको छ । ज्वारो आएका, रुघाखोकी लागेर कोरोनाको आशंका लागेकासहित अन्य विभिन्न रोगका विरामीहरु स्वास्थ्य परीक्षणका लागि ती संस्थामा आएका हुन् । बुटवलका स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि प्रादेशिक अस्पतालमा पठाइएका उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोनाको लक्षण नदेखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिए ।

झण्डै सात हजार परिवारलाई राहत वितरण

बुटवलमा दैनिक ज्यालादारी गर्ने विपन्न अवस्थाका श्रमिकका परिवारको लगत संकलन गरि राहत वितरण गरिएको छ । लकडाउनको पहिलो चरणमै उनीहरुको लगत संकलन गरेर राहत वितरण सुरु गरिएको थियो । जसअनुसार करिब सात हजार परिवारलाई अहिले दोस्रो चरणमा राहत वितरणको काम भइरहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । राहत वितरणको कामलाई प्रभावकारी, व्यवस्थित र लक्षित समुदायमा सहजै पु¥याउनका लागि बुटवलले नै मुुलुकमै पहिलोपटक कार्यविधि बनाएको प्रवक्ता रेग्मीको दाबी छ । सोही कार्यविधि अनुसार सामाजिक निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा राहत संकलन तथा वितरणका काम भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved