प्रदेश नम्बर ५ सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 04:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ सरकारले प्रदेशभर थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशभर ४ दिन बिदा दिने निर्णय गरेको हो ।

बैठकले सरकारले तोकेको दिनमा बकरइदमा, माघ १ गते तथा २ गते माघी विदा र फागुन ३ गते प्रदेश स्थापना विदाको अवसरमा बिदा दिने निर्णय गरेको हो । त्यस्तै बैठकले स्थानीय तहलाई आफ्नो स्थानीय तहमा थप १ दिन बिदा दिन सक्ने निर्णय गरेको छ । त्यस्तै बैठकले निश्चित पर्व मनाउने समुदाय र ठाउँमामा दिने बिदा पनि स्वीकृत गरेको छ । बैठकले भूमे पूजा रुकुम, रोल्पा, बडकवा अतवारी थारु समुदायलाई र भगवती जात्रा पाल्पा जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

यी बाहेक बैठकले निम्न निर्णय समेत गरेको छ ।

- कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने । तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैंया दिने निर्णय

-बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाइएको ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved