नेपाली कामदारको समस्या समाधान गर्न कतारसंग मिलेर संयुक्त समिति बनाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 09:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा रहेका नेपालीहरुका समस्या समाधान गर्न द्विदेशीय संयुक्त समिति बनाएर समाधान गरिनु पर्ने कतारका विकास,श्रम तथा सामाजिक मामिलामन्त्री डा.इसा ए अल नैमीले बताएका छन।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वश्रम तथा रोजगारमन्त्री रमेश लेखकले कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिलामन्त्री डा इसा साद ए अल नैमीसँग आइतबार भएको भेटवार्ता उक्र समिति बनाउनु जोड दिइएको हो ।

उक्त अवसरमा मन्त्री डा नैमीले सो सम्झौताले नेपाली कामदारलाई कानूनी अधिकार प्रदान गर्नुका साथै रोजगारदाता र कामदार दुवै पक्षलाई फाइदा पु¥याएको धारणा राखे।

भेटका अवसरमा नेता लेखकले वैदेशिक रोजगारका क्रममा कतारमा रहेका नेपालीले समयमा तलब नपाउने, सम्झौताअनुसार काम र तलब नपाउने तथा एकपटकमा एक हजार रियालभन्दा बढी रकम नेपाल पठाउन नपाउने समस्याका बारेमा कतारका मन्त्री डा नैमीको ध्यानाकर्षण गराए।

प्रतिउत्तरमा मन्त्री डा नैमीले सो समस्यालगायत अन्य समस्या समाधानका लागि द्विदेशीय संयुक्त समिति बनाएर आवश्यक व्यवस्था मिलाउनुका साथै व्यक्तिगत तवरले पनि समस्यालाई गम्भीरताका साथ लिइ समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे।

भेटका क्रममा नेता लेखकसँगै कतारका लागि नेपाली राजदूत प्रा डा रमेश कोइरालालगायत दूतावासका उच्च अधिकारी समेत सहभागी भएको   उनका स्वकीय सचिव भट्टले जानकारी दिए। नेता लेखक नेपाली जनसम्पर्क समिति कतारको निमन्त्रणामा गत शुक्रबार कतारतर्फ गए।

नेपाली जनसम्पर्क समिति कतारद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन हाल कतारको राजधानी दोहामा रहनुभएका नेता लेखक र कतारका मन्त्री डा नैमीबीच प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा भेटघाट भएको हो ।

भेटका अवसरमा नेता लेखकले लाखौँको संख्यामा नेपालीलाई रोजगारको अवसर दिनुभएकामा कतार सरकारलाई धन्यवाद दिए। उनले सन् २००८ मा आफू श्रम तथा रोजगारमन्त्री हुँदा भएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिताबारे कतारका मन्त्री डा नैमीसँग जिज्ञासा राखेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved