नेपाली श्रमिकका समस्याबारे युएई र कतारका राजदूतसँग छलफल, युएईसँग श्रम सम्झौताको तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 08:12:38 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत युएईसँग श्रम सम्झौता गर्ने तयारि थालेका छन। यसकै तयारि स्वरूप सरकारले युएईसँग दुई पक्षीय श्रम सम्झौता गर्ने तयारी थालेको हो।

सम्झौताको अभावमा आइरहेका समस्या कम गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन मन्त्री विष्टले नेपालका लागि युएईका राजदूत सइद हमदान मोहमद अल नाक्बीसँग भेट गरेका छन। भेटमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले जानकारी दिए। 

मन्त्री विष्टले नेपाली कामदारको न्युनतम पारिश्रमिक, सुरक्षा लगायतका विषयमा गम्भिर भइदिन राजदूत नाक्बीलाई आग्रह गरे। जवाफमा नाक्बीले देशको कानुन अनुसारका सेवा सुविधा दिइरहेको बताए। 

सरकारी स्तरबाट हुने काममा कमजोरी नरहेपनि नीजि क्षेत्रमा समस्या भएको हुन सक्ने भन्दै नाक्बीले त्यसलाई समाधान गर्न पहल गर्ने आश्वासन दिए। यस्तै मन्त्री विष्टले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हाइलसँग दुई देशबिच यसअघि भएका सम्झौता कार्यान्वयन बारे छलफल गरेका छन। 

कतारका राजदूतसँगको भेटमा पनि मन्त्री विष्टले नेपालीका समस्या बारे ध्यानाकर्षण गराए। मन्त्री विष्टसँगको भेटमा दुवै देशका राजदूतले आफ्नो देशमा नेपालीहरुको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले नेपालीहरु इमान्दार र मेहनती रहेको भन्दै आउँदा दिनमा प्राविधिक जनशक्तिलाई अवसर दिने बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved