९ हजार नेपालीहरुलाई देश निकाला गर्दै अमेरिका

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 10:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले ९ हजार नेपालीहरुलाई देश निकालाको तयारी गरेको छ । अमेरिकी सरकारले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) सुविधा खारेज गरी तिनीहरुलाई देश निकालाको तयारी गरेको हो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले  ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । अब भने नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने तयारी अमेरिकाको छ ।

यस स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ । नेपालीलाई दिइएको टीपीएसको समय आगामी जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

अमेरिकी समाचार संस्था द वासिङट्न पोष्टले अमेरिकी सरकारको योजनाको दस्तावेज फेला पारेको र नेपालीहरुलाई एक बर्षको समय सिमा दिएर देश छोड्न बाध्य बनाईन लागेको खुलासा गरेको हो । यसो भएमा सन् २०१९ को जुन २४ पछि टीपीएस लिएका नेपालीहरुले अमेरिका छाड्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved