बैदेशिक रोजगारबाट फर्केकाहरुलाई व्यवसाय संचालनको लागि १० लाख ऋण दिइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 03:38:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैदेशिक रोजगारबाट फर्केकाहरुको सिपलाई अधिकतम प्रयोग गर्ने नीति ल्याएको छ। सरकारले बैदेशिक रोजगारीबाट फर्केकाहरुको सिप प्रमाणीकरण गरि उनीहरुलाई व्यवसाय संचालन गर्न १० लाखसम्म ऋण दिने भएको छ।

विना धितो परियोजनामा आधारित कर्जा १० लाख रुपैयाँसम्म प्रवाह गरिने भएको छ । त्यस्ताे परियाेजनामा भएकाे लगानी सुरक्षित बनाउन बीमा गरिने भएकाे छ ।  

अर्थमन्त्री ड़ा युबराज खतिवडाले आर्थिक बर्ष २०७५-७६ को संघीय बजेट संसदमा प्रस्तुत गर्दै बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपलाई अधिकतम प्रयोग गरि स्वदेशमै उत्पादनमा जोड दिन यस्तो नीति ल्याएको बताएका छन। 

त्यस्तै तत्काललाई छोटो अवधिका लागि बैदेशिक रोजगारीको उपयोग गर्ने नीति अख्तियार गरेको छ। यसका लागि बैदेशिक श्रमको उचित व्यवस्थापन गरिने भएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved