विदेश जाँदा र फर्कदाँ बोक्न पाउने नगदको सिमा तोकियो, कति बोक्न पाउने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 11:01:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेश जाँदा र फर्कदाँ बोक्न पाउने नगदको सीमा निर्धारण गरेको छ। साउन १ मंगलबारदेखि लागू हुने गरी नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन/लैजान सकिने गरी सीमा तोकिएको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ।   

सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क) अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारी समक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत  ल्याउने÷लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved