सुन लगायतका तस्करी रोक्न नेपालसँग सम्झौता गर्न तयार छौं : युएई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 04:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बिलले नेपालमा हुने सुन, मानव लगायतका तस्करी रोक्न नेपालले चाहे  आफूहरू सम्झौता गर्न तयार भएको बताएका छन। बिहिबार गृहमन्त्री रामबहादुर थापासँग गृहमन्त्रालयमा भएको शिष्टाचार भेटवार्ता क्रममा राजदूत नाक्बिलले सो कुरा बताएका हुन्।

मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमको सम्झौता गर्न चाहे युएई तयार रहेको राजदूतले बताएका थिए।

नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved