अष्ट्रेलियामा ८२ वर्षे वृद्धलाई दुर्व्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 10:03:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाको सिड्नीस्थित एक वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन। बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको भिडियो सार्वजनिक भएपछी ३५ वर्षे प्रकाश पौडेल पक्राउ परेका हुन। 

ती वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिएपछि सिसिटिभी जडान गरिएको थियो। सोहि सिसिटिभी फुटेजको आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो। 

आइडा सिलिन, पीडितकी छोरी बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त बनाएको बताउँछिन। ‘बुवाको शरिरमा निलडाम देखेपछि मैले सिसिटिभी क्यामरा राखेकी हुँ,’ उनले त्यहाँको एक स्थानीय संचारमाध्यमसंगको कुराकानीमा यस्तो बताइन।

वृद्धको कोठामा क्यामरा जडान गर्नु अवैधानिक भएपनि उनीमाथि भइरहेको दुर्व्यवहारबारे पत्ता लगाउन यही एउटा माध्यम भएको पुलिसले बताएको छ । दुर्व्यवहार गर्ने पौडेलमाथि घरेलु हिंसा र आपत्तिजनक हतियारको प्रयोगको मुद्दा चलाइएको छ। 

भिडियो सार्वजनिक भएपछि पौडेललाई बुपाबाट निकालिएको छ। पुलिसका अनुसार अगस्ट २६ देखि २९ तारिखका बीच पौडेल पटकपटक ती वृद्धको कोठामा प्रवेश गरेका छन् । उनलाई सशर्त जमानत दिइएको छ र सेप्टेम्बर ११ तारिखमा म्यान्ली लोकल कोर्टमा उपस्थित हुनुपर्नेछ ।

नदर्न बिचेज पुलिस एरिया कमान्डका डिटेक्टिभ इन्स्पेक्टर गाय म्यागिले वृद्धलाई दुर्व्यवहार गर्नु कायरता र लज्जास्पद भएको प्रतिकृया दिएका छन। ‘न्यू साउथ वेल्समा वृद्धवृद्धामाथिको दुर्व्यवहारका कमै रिपोर्ट दर्ता हुन्छन्,’ उनले भने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved